खोइलाको घरः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

September 02, 2023

खोइलाको घरः बालकविता

खोइलाको घर (बालकविता)


भाइले त बनाएछन् खाेइलाकाे घर
 
खाेइला नै रहेछ नि एक अर्काकाे भर

ठुला ठुला झ्याल ढाेका घरै उज्यालाे
झलमल घाम लाग्छ छैन अँध्याराे । 


सरिता पराजुली
तलामाथि तला थपि अग्लाे गराइ

धरहरा नै बनाए छाै तिमीले भाइ

सिरिरिरि हावा पस्ने आनन्दकाे घर

भूकम्पले थिच्ला भन्ने छैन कुनै डर ।

 

साना साना घरभित्रै बसेका हामी

ठुलाे घर देख्दा लाग्याे सारै नै दामी

न त खापा झ्यालकाे छ न त ढाेकाकाे

न त ज्यामी डकर्मीलाई ढुङ्गा बाेकाकाे ।

 

टायल र मार्वल नि किन्नै परेन

महङ्गा र ठुला पर्दा हाल्नै परेन

लिपपाेत गर्न पनि छैन हताराे

नहाने है कसैले नि यसलाई झटाराे ।

**************************


 

 


No comments:

Post a Comment