मोबाइलको किरोः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

September 01, 2023

मोबाइलको किरोः बालकविता

 

मोबाइलको किरो (बालकविता)
                                       -  रमेशचन्द्र  घिमिरे

मान्छे चाहिँ हिरो
तर के गर्नु र
मोबाइलको किरो !
 
पाठ पढे हुन्थ्यो
हिसाब गरे हुन्थ्यो
पढाइ सढाइ जिरो
ध्यान अन्त अन्तै
मोबाइलको किरो !
 
मुख छुरा जस्तो
गर्छ कुरा कस्तो
खुर्सानी झैँ पिरो
सकिएन कसै
मोबाइलको किरो !
 
दिन्छु भन्यो ध्यान
बल्ल आयो ज्ञान
बुद्धि उसको फिर्‍यो
नभन्नु रे अब
मोबाइलको किरो !

No comments:

Post a Comment