गोतामे विकास `विवश´ का मुक्तक

तीन मुक्तक

                 - गोतामे विकास `विवश´

१.
छोड अरुको पहिले आफ्नै अनुहार हेर्ने हो कि
सफा नजरले कसैको चरित्र पुनः कोर्ने हो कि
कति गर्छौ वकालत अब भलाइमा लाग साथी
सच्चा कर्मले अझै केही इतिहास फेर्ने हो कि


२.
जिउँदै जलाई अस्थी खोज्नेहरू
छोडी साथ एकान्त रोज्नेहरू
सम्बन्धका लायक हुँदै हँदैनन्
यहाँ असन्तुष्टि हृदयभरि आफैं कोच्नेहरू

३.
दैव पनि यति निर्दयी हुँदै छ किन
चरम सङ्कटमा देश रुँदै छ किन
भूकम्पको पिडा सेलाउन नपाउदै
पुनः दुःख पीडाले शिखर छुँदै छ किन


- मध्यनेपाल न.पा~७, करापुटार लमजुङ
https://www.saranginews.com/kala-sahitya/1021

Post a Comment

0 Comments