सुरेशचन्द्र घिमिरेको कविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

सुरेशचन्द्र घिमिरेको कविता

नयाँ वर्ष २०७७काे शुभकामना

                          -सुरेशचन्द्र घिमिरे


फ्याँकी एक उराठ वर्ष छहत्तर्
तीता मिठा वेदना
गर्दै स्वागत स्नेहले सतहत्तर्
जागृत हाेस् चेतना


आओस् उन्नतिकाे घडि दिनसँगै
झन् चम्किलो रात हाेस्
मेरो याे शुभकामना हजुरमा
साैभाग्यकाे साथ हाेस्।।१।।

माया प्रेम बढाेस् उमङ्ग र खुसी
उल्लासमा खास हाेस्
हाम्रो राष्ट्र तथा ब्रम्हाण्ड भरमा
बन्धुत्वकाे बास हाेस्

हाेऊन् शान्त सुखी निराेगी जनता
दारिद्रता नाश हाेस्
माैलाओस् सुख चैन याे जगतमा
समृद्धिकाे रास हाेस् ।।२।।

  - भोर्लेटार, लमजुङ (हाल : दमौली, तनहुँ)

No comments:

Post a Comment