तस्बिरः गुगल |
– रमेशचन्द्र घिमिरे
देखेनौ र मलाई ?
छोड मेरो ठाम्
ठूल्दाजै हो नातो
बुढी औँला नाम
अल्लि परै बस्छु
लाउन्न कतै लाम
एक्लै बस्न खोज्ने
बुढी औँला नाम
तिमी लुरे भाटा
म हुँ मोटो थाम
डल्लो डल्लो होचो
बुढी ओैँला नाम
मलाई छोड्यौ भने
पूरा हुन्न काम
खाँचो पर्दा सम्झ,
बुढी ओैँला नाम
ल ल कसो गरी
मुछ्छौ बुबु माम ?
मै चाहिन्छ आखिर
बुढी औँला नाम
मान्छेका पो नाम,
हुन्छन् राम र श्याम
म जाबाको हरे
बुढी औँला नाम !
२०७८–०४–१९ भोर्लेटार, लमजुङ
No comments:
Post a Comment