लघुकथा: दण्ड - रचना चौतारी

Breaking

Powered By Blogger

March 24, 2024

लघुकथा: दण्ड

 

लघुकथा: दण्ड

     - रमेशचन्द्र घिमिरे

`सर, लिनुस् हजुरको भाग´ क्लास मनिटरले कक्षाभित्र छिर्नासाथ गुरुलाई एउटा चोकोपाई टक्र्यायो । गुरुले धन्यवाद दिँदै क्वाप्प खाए अनि मुख पुछ्दै र हात टक्टक्याउँदै सोधे, `के तिम्रो आज जन्मदिन हो

`होइन सर, फाइनको पैसाले कुचो र डस्टबिन किन्दा पैसा उब्रिएको थियो । त्यही पैसाको हो सर !´

`, ल राम्रो गरेछौ । बरु फाइन चाहिँ केको उठाएका थियौ गुरुले  जान्न चाहे ।

`साथीहरूले इङ्लिस बोल्नुको सट्टा झुक्किएर कहिलेकाहीँ नेपाली बोलिहाल्छन् । एकचोटि नेपाली बोलेको पाँच रुपियाँ फाइन लिने नियम छ, सर ! ...´ विद्यार्थी थप बोल्न खोज्दै थियो अङ्ग्रेजी माध्यमको विद्यालयमा नेपाली पढाउने ती सर अँध्यारा भए र मनमनै सोचे, `कस्तो देश है हाम्रो ? आफ्नै देशमा आफ्नै भाषा बोल्न पनि दण्ड तिर्नुपर्ने ...´

----------------------

२०८०/०८/०७

No comments:

Post a Comment