राधा पियारीः लघुकथा
रमेशचन्द्र घिमिरे
'यो
उमेर लभ गर्ने उमेर हो त मोरामोरी हो ?' प्रिन्सिपलले
मायालु पारामा सम्झाए ।
'तिमीहरू
आजैदेखि लभ लेटर लेख्ने है, ओहो !'
भाइस
प्रिन्सिपलले व्यङ्ग्यात्मक पाराले बोले ।
'कानुनले
बिस वर्षअगाडि बिहे नगर भनेकै छ त ! अनि तिमीहरूको पारा चाहिँ के हो हँ ?'
सम्बन्धित
तहको इन्चार्जले नमिठोसँग भने ।
प्रिन्सिपलको
कार्यकक्षमा यस्तो हुँदै थियो । केही सरहरू यता व्यस्त थिए ।
उता अरू सर मिसहरू
श्रीकृष्ण जन्माष्टमीको दिन पूर्वको तयारीमा जुटेका थिए ।
साना कक्षाका कलिला
विद्यार्थीहरू राधा र कृष्णको पहिरनमा सजिएका थिए ।
स्कुल हो साह्रै हल्ला
खल्ला गर्नु हुँदैन भन्ने बुझेका सरमिसहरू थिए । सायद त्यही भएर होला,
स्पिकरबाट
अन्यत्र साह्रै डिस्टर्ब नहुने गरेर मधुर स्वरमा यस्तो गीत गुन्जिरहेको थियोः
'राधा
पियारी खै त कृष्ण मधुवनैमा
ए राधा पियारी खै मधुवन खोज मनैमा !'
२०८०/०६/१४, भोर्लेटार लमजुङ
No comments:
Post a Comment