कस्तो हुन्छ भनेर ... (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 07, 2020

कस्तो हुन्छ भनेर ... (बालकविता)

कस्तो हुन्छ भनेर (बाल कविता)

            

   - रमेशचन्द्र घिमिरे



कस्तो हुन्छ भनेर 
बाको टोपी लगाएँ 
आँखा जम्मै छोपियो
अँध्यारो भो, डराएँ 

कस्तो हुन्छ भनेर 

बाको चस्मा लगाएँ 

फननन्न रिँगायो

आत्तिएँ र कराएँ



कस्तो हुन्छ भनेर 

बाको दौरा लगाएँ 
जिउ पूरै ढाकियो
मान्छे आफै हराएँ ।
                     - भोर्लेटार, लमजुङ 

     

No comments:

Post a Comment