कोरोनाको डरले (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 07, 2020

कोरोनाको डरले (बालकविता)

Nepal tourism hit hard as global coronavirus fears close Everest ...कोरोनाको डरले (बालकविता)

         - रमेशचन्द्र घिमिरे

घरै बस्यो सानो भाइ
घरमै बसे ठुला दाइ
बाआमाको करले
कोरोनाको डरले

बाहिर गई आउँदा
हातमा मैलो लाउँदा
स्यानिटाइजर मागे है
आफ्नो ख्याल राखे है !
भन्नुहुन्थ्यो सरले
कोरोनाको डरले

रुघाखोकी लाएमा
ज्वरो पनि आएमा
के हुन्छ हँ हामीलाई ?
भन्छ मेरो सानो भाइ
आत्तिएको स्वरले
कोरोनाको डरले

हात मिलाउन छोडेर
दुइटै हात जोडेर
पर-पर सर्दैछन्
नमस्कार गर्दैछन्
सारा संसार भरले
कोरोनाको डरले ।

         - भोर्लेटार, लमजुङ

      (२०७६/१२/२०)

No comments:

Post a Comment