गाउँ खाने कविता भलाकुसारी - रचना चौतारी

Breaking

Powered By Blogger

April 13, 2020

गाउँ खाने कविता भलाकुसारी

भलाकुसारी    बालकविता

              रमेशचन्द्र घिमिरे  


प्रश्न ः  ‘खान पनि हुन्छ साथी टेक्न पनि हुन्छ

उस्तै परे कम्पारामा सेक्न पनि हुन्छ’

उत्तर ः मीठो मानी खाऊ तिमी लौरो ठानी टेक

रिस उठे यै उखुले कम्पारामा सेक



प्रश्न ः  तिमीलाई यौटा प्रश्न सोधिरा’छु मैले

‘गोरु म¥यो कैले–कैले डुक्रँदैछ ऐले’

उत्तर ः भनूँ भने रिसाउँछौ कि तिमी रै’छौ ब्याङ्ग्रो

सुन, सुन मेरो साथी यसको उत्तर ढ्याङ्ग्रो



प्रश्न ः  ‘खाँदाखेरी मीठो हुन्छ पकाउन गाह्रो

हाल्दाचाहिँ गीलो हुन्छ झिक्दा हुन्छ साह्रो’

उत्तर ः पानी राख थोरै–थोरै धेरै राख पिठो

रोटीबाहेक अरू के छ खाँदा हुने मीठो



प्रश्न ः  मेरो साथी ट्वाल्ल पर्छौ यता–उता हेरी

‘मलाई नै देख्न पुग्छु उसलाई हेर्दाखेरी’

उत्तर ः ‘हीरा होइन टल्कन्छ त्यो पर्खाल होइन छेक्छ’

ऐना हेर्न खोज्छ जसले आफूलाई पो देख्छ



प्रश्न ः  ‘कपडाको छाला रै’छ फलामको हाड

खुम्चँदा चैँ लठ्ठी हुने खुल्दा हुने आड’

उत्तर ः यत्ति पनि थाहा नपाउने तिमी रै’छौ लाटा

बिस्र्यौ क्या हो पानी पर्दा ओढ्नुपर्ने छाता?

No comments:

Post a Comment