भुँडी जत्रो जाँतो - रचना चौतारी

Breaking

Powered By Blogger

April 13, 2020

भुँडी जत्रो जाँतो

भुँडी जत्रो जाँतो   (बालकविता)
           - रमेशचन्द्र घिमिरे 

पिँढी छेउ बसेको त झन्नै गयो सातो
 घ्वाइँ घ्वाइँ कराउँदा भुँडी जत्रो जाँतो

`मास राखे दाल बन्छ चामल राखे पिठो 
जे बने नि पकाएर खाँदा हुन्छ मीठो´ 
यसो भन्दै आमाले समाएर हातो 
ढुक्कैसँग घुमाउनु भो भुँडी जत्रो जाँतो

बेला बेला छुसुछुसु खन्याउँछु  म नि 
दाल,पिठो जे-जे बन्छ बनाउँछु भनी
घुमाउन खोजेको त दुख्यो आफ्नै पातो
सकिएन हच्काउन भुँडी जत्रो जाँतो ।
    - भोर्लेटार, लमजुङ 
       २०७६/०२/०४ 

No comments:

Post a Comment