उद्ववप्रसाद प्याकुरेलको बालकविता

बाल कविता : परिवार

- उद्ववप्रसाद प्याकुरेल

बुबाको नि बुबा
प्यारो हजुर बुबा
हजुर आमा जाति
उहाँको म नाति


बाको भाइ काका
भोटो कट्टु लाका
मेरो खेल्ने साथी
काका काकी जाति।

आमाको भाइ मामा
किनी  दिने  नाना
माइजू कति जाति
बसेँ  काख  माथि ।
                            
आमा बाका नामी
छोरा छोरी  हामी
सिक्दै राम्रा पाठ
खुसी साटासाट ।

-  सानोठिमी, भक्तपुर