खेतमा घर - रचना चौतारी

Breaking

Powered By Blogger

September 15, 2021

खेतमा घर

 


खेतमा घर: बालकविता

       रमेशचन्द्र घिमिरे
खेतमा घर बनाए
छतमा काँक्रो फलाए

माटो बोकी बाल्टीमा
गमलामा खन्याए
खेतमा घर बनाए
छतमा सिमी फलाए

आजकलका मान्छे यी
`पैसा´ भन्दै रमाए
खेतमा घर बनाए
छतमा बोडी फलाए

जमिन मासी मलिलो
व्यर्थै खुसी मनाए
खेतमा घर बनाए
छतमा भिन्डी फलाए ।

२०७८/०५/३०
भोर्लेटार, लमजुङ

No comments:

Post a Comment