औँलाको गीत (बालगीत)
- रमेशचन्द्र घिमिरे
एक्लै छ ऊ छुट्टिएर बसे पनि सहन्छ
“बुढो भए नि कम्ती छैन” बुढी औँला भन्छ
“तिमीलाई के के मन छ ? मलाई चोर्न मन छ”
नकच्चरो चोरी औँला सधैँ यसो भन्छ
“उठी हेर सबै जना अग्लो को को बन्छ ?”
जुरुक्क उठ्दै छाती फुलाई माझी औँला भन्छ
“सुनको औँठी मैसँग छ मसँग धेरै धन छ”
घमण्डी छ साहिँली औँला जहिले यसै भन्छ
सबको प्यारो ठान्छ उसले कसलाई मान्छे गन्छ ?
“कान्छो भएरै प्यारो छु म” कान्छी
औँला भन्छ ।
------------------------



No comments:
Post a Comment