गणित (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

September 08, 2023

गणित (बालकविता)



 

बालकविता गणित
     - लक्ष्मी रेग्मी खनाल

नामै तिम्रो खतरा छ, नाम हो नि ! गणित ।
अरू पढे त्यसै चाहिने पढे पनि पण्डित 
० देखि ९ सम्म पर्छन् अङ्कहरू चिन, जान ।
अरू अङ्क बनाउन त्यही मिलाऊ, फरक कत्ति जान्न ॥

                          [१]
प्राकृतिरूढ सङ्ख्या हुन्छन्, जोर अनि बिजोर ।
गन्न सुरू गरेका रे ! सङ्ख्या बाख्रा हुल्दा खोर ॥
भन्दिनँ म BODMAS को नियम तिम्लाई हटाऊ ।
कोष्ठOf, भाग, गुणनजोड नियम हुन्छ घटाउ ॥
                         [२]
तिम्रो उमेर कक्षा बढ्दा, नियम पनि बढ्छ ।
ल.स., म.स., थप्दै जाँदा सरलीकरण हुन्छ ॥
थोरैमा नि !  बिससम्मका गुणा पढ्नुपर्छ ।
अरू विषय घोके हुन्छ, यसका नियम जान्नुपर्छ ॥
                        [३]

सिधा रेखा खिच्नलाई रैछ,  स्केल चाहिने ।
कोण खिच्न प्रोटेक्टर , घुमाऊ कम्पास देब्रे दाहिने ॥
sin,cos,tan, ठिटा, बिटा अरू पनि पढ्नुपर्छ ।
आयताकार, त्रिभुज, षट्कोण चित्र आदि खिच्नुपर्छ ॥
                         [४]

                     ********

                वालिङ् नगरपालिका - १४
                           स्याङ्जा

 

No comments:

Post a Comment