गीतिकविता छेउमा काँडा भए पनि.‌‌‌‍‍‍.. - रचना चौतारी

Breaking

Powered By Blogger

April 16, 2020

गीतिकविता छेउमा काँडा भए पनि.‌‌‌‍‍‍..

छेउमा काँडा भए पनि  गीतिकविता
      

छेउमा काँडा भए पनि बीचमा फूल हुन्छ
आज मेरो हातले चोखो फूल पक्कै छुन्छ

यो मनले जहिले पनि फूल मात्रै रोज्छ
फूल टिपूँ अप्ठेरो छ काँडा निहुँ खोज्छ
वरिपरि घोच्ने तीखा काँडा किन छर्‍यो
आउने–जाने बाटो पनि फूलले बन्द गर्‍यो

काँडाले झैँ फूलले पनि छाती कोप्छ भन्थे
यात्रा त्यसै बिथोलेर बाटो छेक्छ भन्थे
बाहिर खिस्स हाँसे पनि आँत भिज्न थाल्यो
आज मलाई काँडा जस्तै फूल बिझ्न थाल्यो
फूलसँगै काँडा देख्दा यो मन त्यसै रुन्छ
आज मेरो हातले चोखो फूल पक्कै छुन्छ ।


रमेशचन्द्र घिमिरे

No comments:

Post a Comment