रञ्जुश्री पराजुलीको बालकविता : रुख रोपौँ

बालकविता : रुख रोपौँ 
रञ्जुश्री पराजुली
काठमाडौँ


जहाँ हुन्छ रुख
त्यहीँ हुन्छ सुख
रुखले दिन्छ काम
रुखले मेट्छ दु:ख

पैले सानो बोट
पछि ठुलो हुन्छ
बाढी रोक्छ रुखले
पानी यसले दिन्छ

रुख जति बढ्यो
त्यति हुन्छ जाती
छाया दिन्छ रुखले
रुख हाम्रो साथी

अहिले रुख रोपे 
पछि होला सुख
किन ढिला गर्ने
रोपिहालौँ रुख ।


२०७५ .७ . १३

Post a Comment

0 Comments