जूनकिरी : बालगीत
-रमेशचन्द्र घिमिरे
उज्यालोमा हराउने
अँध्यारोमा आउने
तिमी आ´काे देखेर
सबैजना रमाउने
के हाै तिमी कुन किरी ?
टललल टल्कने
सुनैसरी झल्कने
छुन पाउँदा तिमीलाई
केटाकेटी पल्कने
हाै कि तिमी सुनकिरी !
जूनबाट झरेर
जूनकै ज्याेति छरेर
आउँछाै राति-राति
पिलिक-पिलिक गरेर
रैछाै तिमी जूनकिरी ।
भन्दा होलान् ताराले
बोली मिठो पाराले
हामी जस्तै छौ भनी
चिन्छन् पक्कै साराले
ताराकिरी नभनेर
भन्छन् किन जूनकिरी ।।
*********
- भाेर्लेटार, लमजुङ ।
भिडियोमा यो गीत हेर्नका लागि यो लिङ्क खोलेर हेर्नुहोलाः
सङ्गीतः प्रह्लाद बोगटी
स्वरः आक्स्मा अधिकारी
संयोजनः एलपी शर्मा भेटवाल
प्रस्तुतिः Ketaketi Corner युट्युब च्यानल
केटाकेटी कर्नर च्यानलको सुन्दर भिडियो तलको लिङ्क थिचेर पनि हेर्न सक्नुहुनेछ ः
त्यो पारि जङ्गलमा बाँदर आउँछ गाउँमा



No comments:
Post a Comment