भानुभक्त र घाँसी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 27, 2020

भानुभक्त र घाँसी (बालकविता)

भानुभक्त र घाँसी           
रमेशचन्द्र घिमिरे 



घाँसी दाइले चिनाए सानु बाजेलाई
हामीले´नि चिनियो भानु बाजेलाई

तिर्खा लाग्दा गर्मीमा पानी खोजेका
के गरूँ र कहाँ जाऊँ भन्ने सोचेका
त्यतिबेलै घाँसीले घाँस काट्दै थे
मुठो बाँध्न घाँसकै डोरी बाट्दै थे

`नाति हुँ म श्रीकृष्ण हजुर बुवाको
तिर्खा लाग्दा खोज्दैछु पानी कुवाको´
घाँसी दाइले देखाए मूल भेट्टाए
पानी खान पाएर तिर्खा मेटाए

`राम्रो काम गरेर नाम कमाउँछु
घाँस काटी बेचेर कुवा खनाउँछु´
घाँसी दाइका कुराले बल्ल जोस्सिए
नाम कमाउँछु भनेर भानु कस्सिए

`घाँस काट्ने घाँसीको यस्तो जुक्तिले
राम्रो काम गर्छु म आफ्नै बुद्धिले´
यसो भन्दै भानुले कलम समाए
रामायण लेखेर नाम कमाए ।
   २०७६/०३/२८
       भोर्लेटार, लमजुङ

(तस्बिर : अविनाश गुरुङ)

No comments:

Post a Comment