गजल : कहिले गोरो आउँछ ... - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

गजल : कहिले गोरो आउँछ ...

गजल

रमेशचन्द्र घिमिरे 

कहिले गोरो आउँछ, त कहिले कालो आउँछ
आउँछ, सबैको एक न एक दिन पालो आउँछ

सङ्घर्ष मात्रै ठानेर हरेस खानु हुन्न जिन्दगीमा 
घुमिफिरी उकालो आउँछ अनि ओरालो आउँछ

बाढीले घर लग्यो अन्न लग्यो सबथोक लग्यो 
अब हेलिकप्टर चढेर रासन र टालो आउँछ

इमानदार मन्त्रीज्यूलाई पनि गाह्रै छ भ‍‍ो
जागिर माग्दै भान्जा आउँछन् सालो आउँछ

भन्सारमा सुन समातिएपछि पिउन मक्ख छ उता-
मेरो भागमा पनि सके बोरा नत्र डालो आउँछ ।
       - भोर्लेटार, लमजुङ           
       २०७६/०३/२८

https://www.nepalraibar.com/art-literature/24802/

No comments:

Post a Comment