रमेशचन्द्र घिमिरे |
रचघिका मुक्तकहरू
पीडामा सँगै रोयौ, अनि सन्चो भयो
आँसुले मुहार धोयौ, अनि सन्चो भयो
ज्वरो आएको बहानामा के बर्बराएथेँ -
मेरो निधार छोयौ, अनि सन्चो भयो !
ब्रिफकेसको सट्टा जब रित्तो झोली हुन्छ
हद्दै भए नमस्तेकाे निस्तो बोली हुन्छ
यस्तो देखेर हाकिम साहेब भन्न बाध्य हुन्छन् -
तपाईंको काम आज होइन भोलि हुन्छ ।
फाली नभएको हलाको अस्तित्व हुन्छ र ?
कलाविनाको गलाको अस्तित्व हुन्छ र ?
फेदको वास्ता छैन, टुप्पाको कुरा गर्छौ,यार
भुइँ नै दह्रो नभए तलाको अस्तित्व हुन्छ र ?
तिमी हाँस्नू आँसु म नै लिउँला त नि आऊ
फाटेको मन वेदनाले सिउँला त नि आऊ
धनको साटो मन बरु दिन सक्छु मैले —
मेरो हातको सिरानी यो दिउँला त नि आऊ ।
तिमी हाँस्नू आँसु म नै लिउँला त नि आऊ
फाटेको मन वेदनाले सिउँला त नि आऊ
धनको साटो मन बरु दिन सक्छु मैले —
मेरो हातको सिरानी यो दिउँला त नि आऊ ।
कहिले नगरबस त कहिले ट्याक्सीको पछिपछि हिँडिन्छ, जिन्दगी यस्तै छ
चिन्दै जाँदा आफन्तीले चिन्छन् पराइलाई चिनिन्छ, जिन्दगी यस्तै छ
म मूर्ख भएँ कि गरिब, कि पागल के भएँ ? हजुरले नै भन्दिनु पर्यो
पहिले घोडा बेचिन्छ, अनि बल्ल काठी किनिन्छ, जिन्दगी यस्तै छ ।
हृदयको पानामा कविता बनेर लेखिन्छ्यौ, कस्तो नपत्याएकी ?
न फ्याँकिन्छ्यौ मुटुबाट, न नजरबाट छेकिन्छ्यौ,कस्तो नपत्याएकी ?
तिमी मसँग त्यसै हेरेन, हेर्दै हेरेन भनेर घुर्की लगाउँछ्यौ
अरे बाबा ! तिमी त आँखा चिम्लँदा पनि देखिन्छ्यौ, कस्तो नपत्याएकी ?
भोक तिर्खा बिर्सिएँ र निद्रा पनि नाश गरेँ
जिन्दगीमा तिमीलाई नै पाउने ठूलो आश गरेँ
तिमीले पो मेरो लागि केही गर्नु हुन्न, छुच्ची --
मैले मनको राजधानी´नि तिम्रै नाममा पास गरेँ ।
पहिले काला थिए, अहिले निक्खर सेता भए
किनकि पहिले उता थिए अहिले यता भए
मौसमअनुसार खोल फेरेपछि, तिनै साइँल्दाइ -
हिजो गद्दार थिए आज इमानदार नेता भए ।
अन्यायीहरूका सामु न्यायको आवाज गलिरहेछ
जसरी पनि देश चल्नु हो, चलेकै छ र चलिरहेछ
सरकार केही सुन्दैन, देख्दैन र बोल्दैन, किनभने -
ऊ निरो बनेर बाँसुरी बजाउँदै छ, उता रोम जलिरहेछ ।
मान्छे जङ्गली हुँदै गएपछि बाघको गुण मान्छेमा सरेको छ
बाहिर शान्ति चाहियो तर भित्र अशान्तिले डेरा गरेको छ
आकाशमा परेवा उडाएर मात्र के शान्ति खोज्नु छ र खै !
जब कि त्यही परेवामाथि नै बाजको पहिलो झम्टा परेको छ
काँडा पन्छाउँदाखेरि बाटामा फूल छरेछु, थाहै भएन
त्यै फूललाई उपहार ठान्नेको नजरमा परेछु, थाहै भएन
सँगै पारि पुग्ने बहाना थियोे होला सायद पछ्याउँदै आउनेको -
किनारमै अलपत्र पारी एक्लै जङ्घार तरेछु, थाहै भएन ।
कुन्तुरमा मनीको अभाव देखेपछि गमलामा मनीप्लान्ट सारेको छु
सम्पत्तिको लिप्सा छोड्न नसक्दा इज्जतलाई गोली मारेको छु
कुन्नि कसरी हो अरूहरूले त ढुङ्गा खोज्दा देउतै पाउ“छन् रे —
मैलेचाहि“ देउता खोज्दा पनि ढुङ्गा मात्र हात पारेको छु ।
निमुखाहरू दुःख गर्छन् अनि पसिना बगाउँछन्
पेट सधैँ भोको रहन्छ यिनीहरू कहिले अघाउँछन्
यो विडम्बना यत्तिकै रहिरहने नै भो —
जहिलेसम्म कुकुरले मासु र बिरालाले दूधको भाग लगाउँछन् ।
कालो धनले सहरमा घर किन्नेहरू अचेल गाउँमा आउँदैनन्
पैसालाई अँगालो मार्छन् बरु नैतिकतास“ग नाता लाउँदैनन्
तर मक्ख छन् भ्रष्टाचारीहरू आफ्नो धुनमा, किनभने —
गह्नाएर डुङ्डुङ्ती हुँदा पनि यिनीहरू आफ्नै गन्ध थाहा पाउँदैनन् ।
विकासको चरमसीमामा पुगेर कतिले टाउकाले टेक्छन्
कतिले गाईलाई गधा देख्छन्
कविहरूले न त्यसरी टेक्न सक्छन्, न त्यसरी देख्न सक्छन्
यिनीहरू त समयले जे देखायो त्यही लेख्छन् ।
विकासको बत्ती बल्न छोडेपछि जता हे¥यो अन्धकार छ
क्रन्दन छ, कोलाहल छ, वेदना र चित्कार छ
मानचित्रमा हेर्दा बिलाउने मेरो देश —
के छैन सुन्दर छ, शान्त छ र विशाल छ ।
बाँचूँ भने मेरा लागि कुनै त्यस्तो गाउँ छैन
हाँसूँ भने सहरमा अभागीलाई ठाउँ छैन
भाैँतारिँदै बाँचेको छु कहिले यता कहिले उता —
दुखेको छु भित्रभित्रै बाहिर कतै घाउ छैन ।
कसैको हात मुसार्नुपर्छ, कसैको खुट्टा मल्नुपर्छ
अरूजस्तै आफू पनि समयअनुसार चल्नुपर्छ
थुइय मान्छे भएर बाँच्नुको बाध्यता —
एकचोटि उभिन खोज्दा सयौँचोटि ढल्नुपर्छ ।
सबै अगाडि पुगिसक्दा पनि आफू भने पछाडि परेको छु
उन्नतिमा तगारो लागेपछि अवनतितिर झरेको छु
जता छामे पनि हात लाग्यो शून्य मात्र हुँदा —
आजभोलि राशिफल हेरेर चित्त बुझाउने गरेको छु ।
हाँस्छु तिमी हाँस्दाखेरी रुन्छु तिमी रुँदाखेरी
दुःख–पीर टाढा भाग्छ तिमी साथ हुँदाखेरी
के हुन्न र जे’नि हुन्छ तिमी नगिच भयौ भने —
मेरो ज्वरो निको हुन्छ तिमीले निधार छुँदाखेरी ।
आफ्नो व्यथा आफैसँग फुहुनु पनि मजै हुन्छ
आँसु पोखी मुहारलाई धुनु पनि मजै हुन्छ
दुःख यतै थुप्रिइरह्याे खुसी बाहिर उफ्री गयो
यस्तो बेला एकान्तमा रुनु पनि मजै हुन्छ ।
तेरो–मेरो अनि तँ–तँ र म–म नभई हाम्रो र हामी हुनुपर्छ
अरूजस्तै हामी पनि बूढो र बिरामी हुनुपर्छ
आपसमा हिलो छ्यापाछ्याप र पानी बाराबार किन गर्ने —
कहिले जिउँदाको जन्ती त कहिले मर्दाको मलामी हुनुपर्छ ।

आफूसँग अमृत राखेर अरूमाथि विष छरियो
विपक्षीको यात्रामा भाँजो हाल्ने थुप्रै प्रयास गरियो
केही गरे पनि उपाय चल्न सकेन हजुर —
आखिर अर्कालाई खनेको खाल्टोमा आफै परियो ।
अँध्याराको ढुङ्गो हुँ म उज्यालाकी जून तिमी
हीरा तिमी मोती तिमी, झल्मलाउने सुन तिमी
छोए पनि दाग लाग्ला, तिम्रो रूपको ज्योति भाग्ला —
तर्किएर उतै बस नआऊ मलाई छुन तिमी ।
एकथरिले मुड्की ताक्ने क्रान्ति सिरकभित्र पसेर गरे
दोस्राथरिले म्याराथुनको तयारी पलेँटी कसेर गरे
अर्काथरिले त्यसो गरेनन्, बरू —
मितव्ययिताको चिन्ताचाहिँ पाँचतारे होटेलमा बसेर गरे ।
खुसी कस्तो हुन्छ हजुर चिन्न पाए हुन्थ्यो
मिल्ने भए पैसा हाली किन्न पाए हुन्थ्यो
यो मनको सन्जेकीमा पीडा थुप्रेका छन् —
सिलौटामा राखी यिनलाई पिन्न पाए हुन्थ्यो ।
गरिबका ओठमा खुसी छाए पनि हुन्थ्यो
धनीले झैँ खान–लाउन पाए पनि हुन्थ्यो
यदि यसो हुन्न भने दसैँ किन आउनू —
दरिद्रीका घरमा दसैँ नआए पनि हुन्थ्यो ।
अलिकति जोस्याएर निमुखालाई अगाडि राखियो
अलिकति उचालेर सोझालाई बीचमा डाकियो
अनिकालमा बीउ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू —
आफूचाहिँ सिरकभित्र पसेर मुड्की ताकियो ।
रक्षक नै भक्षक भएर आउँछ र दिक्क लाग्छ
भरिएको देख्नै हुन्न रित्याउँछ र दिक्क लाग्छ
आमा त भन्नु हुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा
यहाँ त उसले चाखेरै सिध्याउँछ र दिक्क लाग्छ ।
आफूलाई सधैँ त्यागी र दानी सम्झन्छन्, के
रहस्य छ र हो ?
नचाहँदा नचाहँदै पनि उदार बन्छन्, के रहस्य छ र हो ?
धेरै बुझियो कि, कि कत्ति नि बुझिएन अचम्ममा परेको छु
यो एम.सी.सी. चाहिन्न भन्दा नि लिऊ लिऊ भन्छन्, के रहस्य छ र हो ?
नचाहँदा नचाहँदै पनि उदार बन्छन्, के रहस्य छ र हो ?
धेरै बुझियो कि, कि कत्ति नि बुझिएन अचम्ममा परेको छु
यो एम.सी.सी. चाहिन्न भन्दा नि लिऊ लिऊ भन्छन्, के रहस्य छ र हो ?
No comments:
Post a Comment