अब गर्मी लाग्यो (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

अब गर्मी लाग्यो (बालकविता)

अब गर्मी लाग्यो   (बालकविता)

तस्बिर : saranginews.com

            - रमेशचन्द्र घिमिरे 

सफा भयो आकाश
हुस्सु कुहिरो भाग्यो
निदाएको घाम
सिरक छोडी जाग्यो
स्विटर खोल कान्छा
अब गर्मी लाग्यो


रातै भई वनमा
हेर काफल पाक्यो
`काफल पाक्यो´ भन्दै
चरीले´नि डाक्यो
घामले पोल्यो चस्स
अब गर्मी लाग्यो

रुखैभरि झ्याप्प
पालुवाले ढाक्यो
तिर्खाएछ भाइ
चिसो पानी माग्यो
सकिएछ जाडो
अब गर्मी लाग्यो  ।
     (२०७६/१०/२२)
https://www.saranginews.com/index.php/kala-sahitya/3168

No comments:

Post a Comment