आफ्नो काम आफै गर्नू

आफ्नो काम आफै गर्नू ..... (बालकविता)
     - रमेशचन्द्र घिमिरे

आफ्नो काम आफै गर्नू
भन्नुहुन्थ्यो बाले
मैले पनि आफ्नो काम
आफै गर्न थालेँ


टाँसीबाट साबुन झिकेँ
किलाबाट जामा
लुगा धुन्छु भन्दै थिएँ
रिसाउनु भो आमा

बाले एकथोक भन्नुहुन्छ
आमाले चाहिँ अर्को
जे गरे'नि गाली पाउँदा
लाग्छ मलाई झर्को

आमा-बाबा दुवै मिली 
निधो गर्नोस् पैले
हजुरले अह्राएको 
गर्दिन र मैले ?
               - भोर्लेटार, लमजुङ

Post a Comment

0 Comments