लघुकथाः स्वार्थी सम्झौता - रचना चौतारी

Breaking

Powered By Blogger

September 18, 2023

लघुकथाः स्वार्थी सम्झौता

 

स्वार्थी सम्झौताः लघुकथा

      - रमेशचन्द्र घिमिरे



'' पार्टी र '' पार्टी मिल्ने भए । 'हाम्रो विचार नमिले पनि एक थोक मिल्छ त्यो हो झन्डा ।'

कार्यकर्तालाई असहज असहज भयो । हिजो पानी बाराबार गर्ने पनि आज बिस्तार बिस्तार बोल्न थाले । सँगै हिँड्न र डुल्न थाले । कृत्रिम हाँसो हाँस्न थाले । अँगालो मार्न थाले । नेतृत्वले जहाँ भोट हाल्न अह्राए त्यहीँ भोट हाले । गठबन्धन भएपछि हार्ने कुरै आएन । चुनाव जिते ।

××× ××× ××× ××× ××× ×××

 'हामीलाई धोका भयो ।'

'हामीलाई महाधोका भयो ।'

'' '' को सम्झौता भङ्ग भयो ।

'' '' को समीकरण भयो । 'हाम्रो विचार मिल्दैन तर पृष्ठभूमि मिल्छ, त्यो हो हामी दुवै पार्टी सङ्घर्षबाट आएका ।' कार्यकर्तालाई अप्ठ्यारो अप्ठ्यारो लाग्यो । हिजो आपसमा लडालड गर्ने पनि आज बिस्तार बिस्तार मिल्न थाले । सँगै प्रचारमा हिँड्न थाले । बनावटी हाँसो हाँस्न थाले । अँगालो मार्न थाले । यिनले पनि नेतृत्वले भनेको ठाउँमा भोट हाले । गठबन्धन भएपछि हार्ने कुरै आएन, यिनले पनि चुनाव जिते ।

××× ××× ××× ××× ××× ×××

'हामीलाई घात भयो ।'
'हामीलाई महाघात भयो ।'
'' '' को पनि सम्झौता भङ्ग भयो । अब मतदाता स्वतन्त्र भए । नेताहरूको स्वार्थका लागि उनले भनेकै ठाउँमा भोट नहाल्ने भए । उनीहरूले कुरा बुझे अनि आफ्नो सुर गर्नुपर्छ भन्ठाने ।

 ××× ××× ××× ××× ××× ×××

नजानिँदो किसिमले '' पार्टी जन्मियो । '' पार्टी अरू कुनै थिएन, जनताको विवेक थियो ।

******

२०८०/०६/०१

No comments:

Post a Comment