बाल कविता पर्ख बैनी बाटुली

पर्ख बैनी बाटुली (बालकविता)

                           -  रमेशचन्द्र घिमिरे 



म नि खेल्न आउँछु
मीठो गीत गाउँछु
बस त्यतै भुली
पर्ख बैनी बाटुली

खाजा मीठो मीठो
खोजी ल्याउँछु छिटो
यता उता डुली
पर्ख बैनी बाटुली


सानी आइसकिन्
खेल्न लाइसकिन्
आउलिन् अब ठूली
पर्ख बैनी बाटुली


नाच्दै गीत गाअौँला
खेल्दै खाजा खाअौँला
सबै मिलिजुली
पर्ख बैनी बाटुली । 

             - भोर्लेटार, लमजुङ      (२०७५/०१/३१)