गजल
• रमेशचन्द्र घिमिरे
दुनियाँलाई झुकाउने नै पछि आफै झुक्न सक्छआज देखा पर्ने मान्छे भोलि कतै लुक्न सक्छ
समयले पल्टा ख्वाउँदा के हुन्न र आखिर यहाँ ?
वर्षातको खहरे भेल हिउँदमा सुक्न सक्छ
नियतिले हेपिएको लाटो मान्छेले नि भोलि
बाठो टाठाे भनिएको मान्छेलाई थुक्न सक्छ
पैलेजस्तै अैले हुनै पर्छ भन्ने पनि छैन
पिँढीछेउ रुने छाउरो आँगन पुगी भुक्न सक्छ
यो `रमेश´ले हावादारी कुरा गर्यो नभन्दिनाेस्
हेर्दै जानुस् भोलि आखिर यही कुरा पुग्न सक्छ ।
• भोर्लेटार, लमजुङ
No comments:
Post a Comment