![]() |
| रमेशचन्द्र घिमिरे |
लुक्यो मेरो हात
भित्रभित्र खै कता
पुग्यो मेरो हात
बाहुलाभित्रै अड्कियो
लुक्यो मेरो हात
पुग्यो मेरो हात
बाहुलाभित्रै अड्कियो
लुक्यो मेरो हात
बाको कोट लगाउने
रहर गरियो
मभन्दा नि ठूलो कोट
दङ्ग परियो
उकुसमुकुस भएररहर गरियो
मभन्दा नि ठूलो कोट
दङ्ग परियो
दुख्यो मेरो हात
बाहुलाभित्रै अड्कियो
लुक्यो मेरो हात
बाबाजत्रो हुन खै
कैले पाउँछु
अनि बल्ल त्यै बेला
कोट लाउँछु
कैले पाउँछु
अनि बल्ल त्यै बेला
कोट लाउँछु
नभन्दिनु कसैले
सुक्यो मेरो हात
बाहुलाभित्रै अड्कियो
लुक्यो मेरो हात ।
सुक्यो मेरो हात
बाहुलाभित्रै अड्कियो
लुक्यो मेरो हात ।
– भोर्लेटार, लमजुङ २०७७-०३-२३
कला - Suraj Rajthala 


No comments:
Post a Comment