गजल : कति कामले - रचना चौतारी

Breaking

Powered By Blogger

April 18, 2020

गजल : कति कामले

गजल ---------

 • रमेशचन्द्र घिमिरे 

कति कामले किन आयौ आज मायालु 
मलाई भयो कस्तो कस्तो लाज मायालु 


मौका साइत मिलाएर आए के हुन्थ्यो 
कल्ले आउन भन्यो तिम्लाई साँझ मायालु 

परेवाझैँ निर्दोषी र सोझी देखिँदा 
काँ मिल्यो र मैले हुन बाज मायालु 

बसाउन गुन्द्री काम्लो छैन गलैँचा  
बस त नि यो मुटुको माझ मायालु 

तिम्रो मेरो मेरो तिम्रो दुइटै मुटुमा 
पालैपालो गरौँ न त राज मायालु !
                        लमजुङ

No comments:

Post a Comment