दिपेन्द्र अरुणको कविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 25, 2020

दिपेन्द्र अरुणको कविता

टाउको  (कविता)  
दिपेन्द्र अरुण

हिंस्रक टाउकाहरू :

टाउकाे उठाउँछ सर्प यहाँ
टाउकाे उठाउँछ गाेही यहाँ
टाउकाे उठाउँछ बघिनी यहाँ
देखाउन रवाफ आफ्नाे
उठाउँँछन्,
यी हिंस्रक टाउकेहरु,टाउकाे यहाँ ।

ठूला टाउकाहरू :

टाउकाे उठाउँछ हात्ती यहाँ
टाउकाे उठाउँछ गैँडा यहाँ
टाउकाे उठाउँछ ह्वेल माछा यहाँ
देखाउँन शान आफ्नाे
उठाउँँछन्,
यी ठूला टाउकेहरु, टाउकाे यहाँ ।

टाउकै नभएका टाउकेहरू :

टाउकाे उठाउँछन् भ्रष्टाचारीहरु यहाँ
टाउकाे उठाउँछन् ,
देश बाेक्ने सारथीहरु यहाँ
टाउकाे उठाउँछन् नानाथरीहरू यहाँ
देखाउन,
सुनाउन, 
खाेक्रा वचनहरु आफ्ना
उठाउँँछन्,
यी मुर्कट्टाहरु ,टाउकाे यहाँ ।
बस् ,
उठ्दैनन् त,
त्यी टाउकाहरु ।
या त उठिन पाउदैनन्
त्यी अहिंस्रक,
साना टाउके,

इमान्दार, ढाका ओड्ने टाउकाहरू  :

यहाँ कुचिँँन्छन,
थेप्चिन्छन्,
फाेडिन्छन्,
काटिन्छन्,
या त रेटिन्छन्
साेझा उठ्ने ती टाउकाहरू ।
     - मियापाटन, पाेेखरा

No comments:

Post a Comment