समयको माग (लघुकथा) - रचना चौतारी

Breaking

Powered By Blogger

June 03, 2020

समयको माग (लघुकथा)

लघुकथा : समयको माग 
रमेशचन्द्र घिमिरे

गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले ।

काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए र स्कुलमा गारो लगाउन मद्दत गरे ।

सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ-फलिका ओसारे अनि स्कुलमा झ्याल-ढोका बन्यो ।

ज-जसले जे सके त्यही गरे अनि स्कुलले आकार लियो ।

भाइहरूले चाहिँ `सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका´ भनेर आन्दोलन गरे र कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।


       - भोर्लेटार, लमजुङ  (२०७७/०२/२२)

No comments:

Post a Comment