दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ? - रचना चौतारी

Breaking

Powered By Blogger

January 16, 2022

दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ?

     दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ?

     तिम्रा बारेमा यसरी औपचारिक कार्यक्रममा
लेखकः ईश्वरमणि अधिकारी
नबोलेको
नि धेरै भएछ- दीपक  सायद १६/१७ वर्षअघि तिम्रो गजल संग्रह भूगोलभित्र नकोरिएको देशलाई साक्षी राखेर बोलेको थिएँ, त्यसपछि तिम्रो एकल गजल वाचनमा बोलेको याद   बिचबिचमा एकाध पटक तिम्ले पुरस्कार या सम्मान ग्रहण गर्दा बोलें कि  तर जतिपल्ट बोले पनि तिम्रा बारेमा बोल्ने, लेख्ने या पढ्ने प्यास मेटिन्न  तिम्रा बारेमा नत्र परिचय नै भनेर  खासैबोल्नु पर्ने के ? यहां जो हुनुहुन्छ, वहाँहरू तिम्रा बारेमा मैलेभन्दा धेरै जानकार हुनुहुन्छ भन्ने मैले ठानेको छु पनि आयोजक संस्थाको जिम्मा आफ्नो प्यास मेट्ने कोसिस गर्ने छु 
     चालीसको दशकको अन्त्यतिर हुनुपर्छ,  युवामञ्च पनि पढिन्थ्यो  राशिफल, चुटकिला पत्रमित्र स्तम्भ हेरिसकेपछि, मुक्तकको पालो आउँथ्यो।  त्यहाँ  लमजुङ ठेगाना उल्लेख गरेर दीपक समीप, रमेशचन्द्र घिमिरे, सरस्वती श्रेष्ठ सरूका मुक्तकहरू भेटिन्थे, ए लमजुङकै  रैछन् भनेर दोहोर्‍याएर पढिन्थ्यो 
मुक्तककार दीपक समीप

    साथीहरू धेरैले दीपकलाई दीपक दाइ भन्छन्  गजल/ मुक्तक  लेखन प्रकाशनका हिसाबले मैले पनि दीपकलाई  दाइ नै भन्दा हुन्छ।  पहिले उसको लेखनलाई चिनेर पछि यतै पोखरामा चिनेको हो मैले दीपकलाई  हुन ठेगानामा हामी प्रायः लमजुङ्ग झुण्डाउछौ, त्यसो / पल्ट लमजुङका साहित्यिक कार्यक्रमहरूमा जान नभ्याएकोले मैले जस्तै उसले पनि ठेगानामा लम्जुङ नलेख है,  भन्ने प्रेमिल धम्की खाएका छौं, खासमा  लमजुङका साथीहरूको
    दीपक मुक्तक लेख्छ, दीपक गजल लेख्छ, कथा लेख्छ, कविता लेख्छ। बेला बेला, समीक्षा समालोचना पनि लेख्छ   मुक्तक उसको लेखनको जेठो विधा हो, तर जे लेख्छ, अत्यन्त जिम्मेवार भएर भएर लेख्छ, उसको लेखकीय स्पर्श सामर्थ्यको प्रशंसा गर्दा साथीको प्रशंसा गरेको आरोप झेल्नु पर्दैन भन्ने मेरो विश्वास छ।  मेरो जस्तै यहाँहरूको पनि त्यस्तै विश्वास सबैको उत्तिकै समिपमा दीपक  यसैले उसलाई छिमल अनुज पुस्ताहरूको माझ दीपक समिपबाट दीपक दाइ बनाएको कहिले काहीं पनि झुक्किएर दीपक दाइ भन्छु, मज्जाले हाँस्छ !  हो यार हाँस्दा पनि दिल खोलेर हाँस्छ-दीपक 
     हाँस्नु, साथीहरू बीच रम्नु-रमाउनु उसको जीवनको सुन्दर पक्ष हो। दीपक, प्रकाश, जीवन अलिक बाक्लै भेटिन्थ्यौ, कुनैबेला।  समकालीन, अग्रज अनुज पुस्ताका साथीहरूले रचनात्मक इर्श्या गर्ने खालको भेटघाट बस उठ 'थ्यो पनि।  भलै, अहिले समयले त्यो बसाइ अलिक पातलिएको   यिनीहरू भेटिएपछि, मलाई पक्कै त्यही कुरा सोध्छन् , अरू जे जे भने नि त्यो  कुरा ज्यान जाला भन्दिन भनेर निस्किन्थ्यो रे, घरबाट  गफ गर्दै जाँदा दुइचार घण्टा नबित्दै, आफै मच्चिमच्ची भनि भ्याउथ्यो त्यही कुरा |  अनि बल्ल भन्थ्यो,ला यार  जे जे भन्दिन भनेको त्यो भनिसकेछु |  यस्तै सहज भरोसा योग्य मित्रताको माखेसाङ्ग्लोले बाँधिएका छौं हामी एक आपसमासायद त्यसैले यो स्रस्टा परिचय कम यार चर्चा बढि हुनसक्छ, सकभर सन्तुलित हुने कोसिसमा छु।
     समता काव्य सन्ध्याका सुरुवाती दिनहरूमा पनि दीपक प्राय गजल- मुक्तक नै सुनाउथ्यो  पछि, गजल सन्ध्याको अध्यक्ष पनि भयो  दीपक नै अध्यक्ष भए पछि गजल सन्ध्या पनि हाम्रै भयो नि है, एकदिन चिया पसलमा बेला पोखरेली युवा सांस्कृतिक परिवारका तत्कालिन अध्यक्ष गौतम बिजुक्छे ले भनेको सम्झें  सायद त्यही हाम्रो पनले बिस्तारै गजल सन्ध्याका कार्यक्रमहरूमा तानिएँ पनि  भेटघाट कार्यक्रमहरूको चापसंगै गजलका केही सैद्धान्तिक  कृतिहरू नि पढियो, गजल कै बारे नि बोलियो, लेखियो।  बिस्तारै, गजल पनि लेखिएछ, यौटा किताबलाई पुग्ने  साथीहरूले केही गजल गाए पनि, रिकर्ड पनि भए, किताबले थुप्रै चर्चा पुरस्कार  पनि पायो  मान्छेहरूले कार्यक्रम हरूमा दीपकलाई जस्तै मेरै नामका अगाडि नि गजलकार भन्दिन्थे, झुक्किन्थे।  अहिले पनि कसैले गजलकारको फुर्को झुण्ड्याउदा झस्किन्छु म।  मेरो यो गजलायात्राको खास सहयात्री हो गजलकार दीपक समिप  सायद उसले अर्को किताबलाई पुग्ने गजल लेखेको होला, मलाई दीपक कवि या मुक्तककार भन्दा गजलकार नै बढ्ता लाग्छ संगै, यौटा सन्देह नि मनमा, ३० वर्ष अघिदेखि लेख्न थालेको मुक्तक को बल्ल पहिलो किताब निकाल्दै , त्यै नि अघिल्लो किताब निस्केको झन्डै १८/२० वर्षपछि, यही ट्रेण्ड समात्यो भने अब यसको अर्को किताब  खै कहिले निस्केला ? हामी मध्ये कतिले  देख्न भ्याउछौं होला त्यो किताब ?  शंकै यार 
 
    बाबुः छोरा ! बाबालाई नमस्ते गर ल।  दुइ बर्षे छोराले बालसुलभ लजाउँदै दुइहात जोड्ने क्रममा उसको अनुहार पुर्लुक्क हेर्छु म।  उनको छोरोभन्दा बढी लाजले रातो हुन्छु।  यो बाक्लो ज्याकेट नहुँदो हो मुटुको हलचल सायद बाहिरसम्म प्रष्ट देखिदो हो 
        बाबु तिम्रो नाम के हो ?     समिप प्रधान हो यसको नाम   
      यता, बिहे गरेको वर्ष दिनमै छोरो जन्मियो।  पण्डित बाजेले राशीको नाम राखे।  मैले    पनि राखेँ समिर।  तर उनलाई त्यो नाम चित्त बुझेन।  प्रशान्त राख्नु पर्छ छोराको नाम।  नराम्रोसंग झस्कें  

    त्रासदी नाम दिएर फुटकर रूपमा प्रकाशित उनको लामो मनोवैज्ञानिक कथाको  फरक फरक अंश बोलेँ मैले  त्यसो उनी लामा कथाहरूमा भन्दा नि छोटा छोटा लघु कथाहरूमा बढी सशक्त प्रभावकारी देखिन्छन्  केही महिनाअघि, नयाँ किताबको पाण्डुलिपीमा काम गर्दै छु भन्थ्यो, मैले सोचें कथा संग्रह निकाल्दै रहेछ कि क्या होआखिर मुक्तक संग्रह निकालेर हाजिर जनायोहामीसंगै हल्काफुल्का गीत/गजल लेखेर साहित्यको मेलो पसेका साथीहरू आख्यानकार भएर निस्किसके, मलाई तिम्रो लामो आख्यान पढ्ने धोको , दीपक
    सानोमा पौडी खेलेको कुरा सुनाउँछ।  माछा मारेको कुरा पनि सुनाउँछ  अझ कहिले काहीं अगेनामा ताप्के बसालेर खेतमा माछा छोप्न हिडेको कुरा पनि सुनाउँछऊसँगै अक्षर यात्राहरूमा, संरक्षण कविता आन्दोलनहरूमा अन्य थुप्रै कार्यक्रम तथा गतिविधिहरूमा लामो संगत गरेको जस्ता अरू थुप्रै साथीभाइ भेटिंदा स्कुलको होस्टेल  बस्दाको चकचकदेखि पोखरा झरेर गरेका संघर्षका कुराहरू, कतिपय साथी-संगीसंग परेका मनमुटाव   प्रेमिल लगावदेखि  हवाई पत्रिका निकाल्दा ताकाका रमाइला किस्साहरू पनि  सुनाउँछ।  संगै, यौटा टेलिफिल्ममा खलनायक भएर खेल्दा नायकलाई ख्यालख्याल कुट्नु पर्ने दृश्यको सुटिङ्गमा साञ्चै कुटेर घाइते बनाएको कुरा पनि सुनाउँछ  तर, झण्डा बोकेर झण्डा पछि पछि दौडेको, गुट उप गुटमा विभक्त भएको कुरा कहिल्यै सुनाउँदैन, भए पो सुनाओस् | तर मलाई ,  विचार प्रजातान्त्रिक, लेखनले प्रगतिशील स्वभावले समाजवादी लाग्छ  त्यसैले प्रिय , तपाईहरुलाई पनि मलाई जस्तै  समिपमा सबैको
     कुनै बेला पोखरेली युवा सांस्कृतिक परिवार, गजल सन्ध्या पोखरा जस्ता संस्थाहरूमा   नेतृत्वदायी भूमिका रहेको दीपक अहिले पोखराका थुप्रै संघसंस्थाहरूमा विभिन्न भूमिकामा    सोतीपसल लमजुङमा जन्मे हुर्केर, दुइ छोरा, आमा श्रीमती संगै पोखरा मै बस्दै आएको , पोखरा औद्योगिक क्षेत्र भित्रै रहेको प्रतिष्ठित व्यापारिक घरानामा व्यवस्थापकीय भूमिकामा   दुइ दिदी मद्देकी एक दिदीसरस्वति श्रेष्ठ सरू उसकी जत्तिकै हाम्री पनि दिदी बनेकी छिन्, पोखरेली साहित्यिक वृत्तमा। दीपकका केही गीत/गजल रेकर्ड भएका छन् | धेरै ठाउँमा गजलका एकल तथा सामुहिक वाचन भैसकेका छन् | गजल वाचन मा राम्रै जम्ने गजलकारमा पर्छ दीपकले थुप्रै पुरस्कार अभिनन्दन ग्रहण गरिसकेको छ। तर त्यसका पछि कहिल्यै दौडेको छैन ऊ। बोरु भन्छ, के गर्ने यार,   हजारको पुरस्कार थाप्न जाँदा उस्तै परे बीस हजार सकिन्छपद, पुरस्कार नचाहिँदो प्रचार बाजीबाट टाढै , त्यो मलाई नि ठिकै लाग्छ |
    तर उसलाई सम्मान गर्नै पर्ने अर्को रोचक पक्ष छुटेको भन्ठान्छु | त्यो हो, लेख्न छाप्नप्रतिको उसको अल्छिपन | बोरू, सोसियल मिडियामा झुण्डेर बसिराख्छ, अन्तिम नपरी लेख्दैनकतिपय अनूजहरूका किताब उसकै भूमिका समयमा नपाएर थन्किएका हुन् सक्छन्  उसको आफ्नै मुक्तक संग्रहमा पनि आमुखमा  मुक्तक सम्बन्धि यौटा लामो लेख राख्ने भनेको थिएँ मैले, जसले अनुज पुस्तालाई केही मार्ग निर्देश गरोस् | हुन्छ नि भन्थ्यो | सायद त्यसैले उसकै किताब आउन नि ढिला भयो  होला |  भन्न   प्रकाशकले लामो नलेख भन्यो यार भन्छ होला, मैले सोद्दासोधेको छैन | तर मलाई लाग्छ, पक्कै पनि लेख्न  झ्याउ लागेर यस्सो एक पेज लेखेको होला, भन्ठान्छु   हुन अरूलाई भन्न सजिलो ,  किताब निकाल्न सारै सुस्ती उसको बानी मलाई मेरै बानी जस्तो पनि लाग्छ बेला बेला  जे होस्, ढिलै भए पनि राम्रो  किताब निस्क्यो |  नेपाली मुक्तकको  गौरवपूर्ण इतिहास बोकेको  सहर पोखरामा आज मुक्तकको अर्को यौटा सुन्दर संग्रहणीय किताब निस्कंदै सायद पोखरा नै नेपालको यौटा त्यस्तो सहर हो, जहाँ  किताब निस्कँदा किताबको स्रस्टाभन्दा पनि  साथीहरू बढ्ता खुसी हुन्छन्  आज दीपकभन्दा बढ्ता खुसी हुनेहरूको लामो लिष्ट |  ठान्छु, उक्त लिस्टमा सबैभन्दा अगाडि छुतपाई पनि हुनहुन्छ  तपाइको, मेरो हामी सबैको तर्फबाट  अनन्त बधाई तथा शुभकामना दीपक  अब अर्को किताब निकाल्न चाहिँ यति सारै अबेर नगर यार !

(२०७८-१०-०१  गतेका दिन मुक्तककार दीपक समीपको अक्षर अक्षरमा देश नामक मुक्तक सङ्ग्रहको विमोचनका अवसरमा स्रष्टा परिचय दिने क्रममा लेखक ईश्वरमणि अधिकारीद्वारा प्रस्तुत गरिएको  लिखित मन्तव्य)

 
 
 

No comments:

Post a Comment