पुतलीको जामाः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

January 20, 2022

पुतलीको जामाः बालकविता

 रमेशचन्द्र घिमिरे

पुतलीको जामा   (बालकविता)

छिर्केमिर्के पुतलीको रङ्गीचङ्गी जामा
मलाई पनि यस्तै जामा किन्दिनू न आमा !
 
डुल्दै–डुल्दै बादलसित घुम्दै हावासित
पुतलीझैँ आकाशमा उड्न सक्थेँ कि त
राख्दिनू न बोलाउँदा पुतलीकै नाम
पुतलीकै जस्तो जामा किन्दिनू न आमा !
 
 संसार यो रमाइलो देख्दै फूलजस्तो
छुँदै हिँड्न पाए पनि हुन्थ्यो कस्तो–कस्तो

नजिकबाटै जून हेर्थेँनियाल्दथेँ घाम
पुतलीले लाउने जामा किन्दिनू न आमा !


No comments:

Post a Comment