गीतिकविताः फर्किएँ लाजले - रचना चौतारी

Breaking

Powered By Blogger

October 02, 2023

गीतिकविताः फर्किएँ लाजले

 

गीत : फर्किएँ लाजले

  -  रमेशचन्द्र घिमिरे 


यो नदी तर्न सक्छु कि क्यार्छु म यही सोच्दैछु
गङ्गाको चोखो पानीमा खुट्टा चोबल्न खोज्दैछु

गहिरो छ कि छिप्छिपे के छ विचार गरियो
धमिलो नदी भएन थाहा आँटले तरियो

पाइएन मेसो रहमा पुगेँ पानीले गिज्यायो
यो ठाउँ ऊ ठाउँ भनेन केही जाँसुकै भिजायो

भँड्खालो छल्दै बिस्तार बिस्तार अगाडि बढेँ म
लेउमा खुट्टा चिप्लियो अनि बङ्लङ्ग लडेँ म

जङ्घार खोज्दै तरुँ कि क्यारुँ फर्कूँ कि 
फरक्क
ढुङ्गाक‍ो छेल परेर लुगा निचोरेँ अलक्क 

कसैले परै सुटुक्क चियो गरेछन् मजाले
रातो र पिरो भएर किनार फर्किएँ लाजले ।
-----
  - भोर्लेटार, लमजुङ 

No comments:

Post a Comment