बालकविता : कमिलाको घर - रचना चौतारी

Breaking

Powered By Blogger

July 08, 2020

बालकविता : कमिलाको घर

कमिलाको घर    (बालकविता)
रमेशचन्द्र घिमिरे 

न त छानो ढलानको
न त टिन छ खर
ओढार छ माटाको
कमिलाको घर

हावा, पानी, हुरीको
छैन केहीको डर
बलियो र दरिलो
कमिलाको घर

धर्का बनाई लर्काको
हिँड्छन् सरासर
फर्कने ठाउँ उही हो
कमिलाको घर

भेदभाव गर्नलाई
छैन जात र थर
सिकाउँछ मित्रता
कमिलाको घर

हेरी दङ्ग पर्दछन्
पीपलु र वर
हाम्रोभन्दा राम्रो छ
कमिलाको घर ।
     ••••
भोर्लेटार, लमजुङ (२०७७/०३/२४)
(Photo Credit : Sharmila Karki)

No comments:

Post a Comment