हामीले चुुनावको नतिजा घोषणा हुुनासाथ विजय जुुलुुस निकाल्यौं । मध्य रातमा मस्त निदाएका गाउँलेहरुलाई जुुलुुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुुलीको खम्बाले मूर्तरुप पाऊला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हुँदै धेरै महिनाहरु बिते तर भक्तबहादुुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वार्षिकोत्सवमा प्रमुुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर, बिडम्बना ! सांसद भक्तबहादुुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए ।
1 Comments
मीठो लघुकथा
ReplyDelete