विष्णुहरि घिमिरेकाे कविता प्रेस स्वतन्त्रता - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

विष्णुहरि घिमिरेकाे कविता प्रेस स्वतन्त्रता

प्रेस स्वतन्त्रता  (कविता)

           विष्णुहरि घिमिरे


आफ्नो राष्ट्र विकासमा मनुजलेजस्ले सधैँ सोच्दछ ।पैला काम गरेर झार्छ पसिनादेखेर के रोज्दछ ।ल्याएको बिरुवा विचार रसिलोदाना मिठो भर्दछ ।बोलेको सहयोग हुन्छ जसरीआफै सिको गर्दछ ।

                   (१)हामी छौँ बहुभाषिका मुलुकमाबोलेर बुझ्ने गरी ।भाषा प्रष्ट सिकाउने विषयकोशिक्षा दिएको घरि  ।सेवाभाव विकास गर्न जनताराखेर त्यो केन्द्रमा ।खोजेको छ सवै समान विधिकोयो प्रेस स्वतन्त्रमा  ।                   (२)हाम्रो देश यहाँ सबै किसिमकोभूभागमा फैलियो ।शिक्षा छैन कतै गरीब जनताबुझ्ने कुरा के थियो  ।त्यो जान्ने अधिकार हुन्छ सबकोजस्ले बुझाइदियो ।जानेको व्यवहार खोज्छ जनताकस्तो कहाँ के भयो ।                          (३)आफ्नो गाउँ पुगेर टोल सजिलोसोची सबै तालिका ।ती विद्यालय जान बालक पुगेसम्झाउँदै बालिका ।ढुङ्गा काठ जुटाउने श्रम गरीजुन् कार्यमा शीपको ।जस्ले बोल्न सिकाउने तय गर्‍योज्योति नयाँ दीपको ।                      (४)कस्तो लिन्छ प्रमाण पत्र उसलेकुन् कार्यको दक्षता ।रोजी देश विकासको विषयमादेखाउने योग्यता ।त्यो स्थानीय समाजको प्रगतिमाभाषा सुधारीकन ।कैयौँ जात विचार जातिहरुकोबोलौँ बुझाई मन ।                        (५)      

मध्यनेपाल-७, ईशानेश्वर (जिमिरे) लमजुङ

No comments:

Post a Comment