मेरो भाइ बाल–गजल

मेरो भाइ  बाल–गजल

                    - रमेशचन्द्र घिमिरे 

कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ


चट्ट पारी सजाएको मन पर्दैन यसलाई
मिलाएको कापी फ्याँक्छ, किताब अन्तै सार्छ

पैले  पैले क, ख भन्थ्यो ए,बी,सी,डी भन्थ्यो
पढ्न जाऊ भन्दा अहिले हाँसेर ऊ टार्छ

“घरको बाघ वनको स्याल” हो रहेछ साँच्चै
घरमा जितार हुने मान्छे बाहिर जाँदा हार्छ

सुत्न पनि पर्ने यसलाई खेल्न पनि पर्ने
जे–जे गर्छ गरिरहोस् आज शनिबार छ ।

Post a Comment

0 Comments