कुखुराको भाले बालकविता

रमेशचन्द्र घिमिरे

बालकविता  कुखुराको भाले

हाम्रो घरको पाले यो
साह्रै असल खाले यो
बास्छ एकाबिहानै
कुखुराको भाले यो

    छिर्केमिर्के पुवाँले
    छोपेको भुवाले
    किनी ल्याउनुभएको
    हिजो हाम्रो बुवाले

कुखुरी काँ गरेर
हाम्रो भाले कराउँछ
यसको डाँको सुनेर
स्याल पनि डराउँछ

    जब भाले करायो
    अन्धकार हरायो
    हामी साना नानीलाई
    छिटो उठ्न अह्रायो

यौटा कुरा भन्दैछु
सुन मेरा साथी हो
तिमी-हामी सबैले
भाले पाल्नु  जाती हो

      - भोर्लेटार, लमजुङ 




Post a Comment

0 Comments