कवि स्व. पूर्णचन्द्र घिमिरेको कविता शिक्षा,विज्ञान र संस्कृति - रचना चौतारी

Breaking

Powered By Blogger

April 29, 2020

कवि स्व. पूर्णचन्द्र घिमिरेको कविता शिक्षा,विज्ञान र संस्कृति

पूर्णचन्द्र घिमिरे
शिक्षा,विज्ञान र संस्कृति

शिक्षा

सारा मानवलाइ स्वच्छ दिलले बाँच्ने इशारा दिने
बत्ती बालिदिने प्रगाढ तममा 
संसार देखाउने
आम्दानीहरूमा प्रधान जसको प्रारम्भ हो अक्षर
शिक्षा नै अनिवार्य वस्तु छ सखे 
आजै बनौं साक्षर
                    ।।१।।


 विज्ञान

शिक्षा दिन्छ विशेष ज्ञान यहि नै विज्ञान हो सुन्दर
यो विश्लेषण गर्न सक्छ सब यो 
ब्रम्हाण्ड नै आखिर
यस्ले साधन दिन्छ,कर्म सुकिलो कर्ता तिमीले गर
जस्को लागि प्रधान कर्म छ यही 
आजै बनौं साक्षर
          ।।२।।

संस्कृति

के हो धर्म पवित्र हामिहरुको के अन्धविश्वास हो
जे गर्दा निज देश जाति बलियो बन्नेछ त्यो धर्म हो
खोजी खोतलि धर्म ग्रन्थहरुको तात्पर्य बुझ्ने गर
यस्को लागि नभै हुँदैन तिमिले आजै सखे साक्षर
          ।।३।।

No comments:

Post a Comment