रमेश लामिछाने 'अविरल'को गजल - दुःख लाग्छ - रचना चौतारी

Breaking

Powered By Blogger

April 29, 2020

रमेश लामिछाने 'अविरल'को गजल - दुःख लाग्छ

 रमेश लामिछाने 'अविरल'

गजल                              

मानवताको सीमा यसरी तोडिदिन्छन् दुःख लाग्छ
पुण्य फलाक्दै पाखण्डी खोल ओडिदिन्छन् दुःख लाग्छ

उही दलितले बनायो कुवा धारो ठाउँ-ठाउँमा
लछारपछार पार्दै गाग्रो फोडिदिन्छन् दुःख  लाग्छ  

कतिसम्म अहङ्कार दर्साउँछन् ए उच्चताको
कुजात भन्दै तुच्छ वचन छोडिदिन्छन् दुःख लाग्छ 

केलाई भनूँ सभ्यता खै मानव भुल्दैछ मानवता
पशुसरह निँचतामा जोडिदिन्छन् दुःख लाग्छ

मिलिजुली समृद्ध समाज बनाउनुपर्ने थियो 
कुप्रथाको खाडलतिर मोडिदिन्छन् दुःख  लाग्छ ।


मध्यनेपाल न.पा.-६, भोर्लेटार, लमजुङ 











No comments:

Post a Comment