भानु ढुङ्गानाको कविता

क्वारेन्टाइम पालन गर्छाैँ देश बचाउँछाैँ ।

हाम्रो सरकार राहत देऊ।

       भानु ढुङ्गाना


बस्छाैँ अझै घर- घरमा सरकार सम्झेर !
सरकार ! जनता बुझ है गाउँ सम्झेर।।
किनार गाउँका घर छाप्रामा, खाने अन्न छैन
क्वारेन्टाईम पालन गर्दा ,नखाई बाँचिदैन।।


ज्यालादारी गरी ल्याउने, थियो मजबुरी,
ढिंडो जाउलो जे पाके नि,थियो धुवाँ धुरी
छोरा छोरी भोकभोकै छन् कुना गाउँमा
राहत बाँडी प्राण राख,सरकार ठाउँमा।।

अहिले भर पर्‍यौं जनता ,सरकारको देखमा
ओली सरकार राहत देऊ ,जनताको पेटमा। 
हाम्रो आवाज सुनिदेऊ, नेपाल सरकार ।
पाटीबाजीभन्दा ठूलो दु:खलाई सार ।।

सरकारका जनता हामी राख दरकार,
कुना गाउँमा छैन खाना, लेऊ सरकार।
शहरलाई हेर्ने आँखो, टाढासम्म पार
चामल देऊ मानबताले आज भोलि ल्यार।।

हाम्रो सरकार राख दरकार ,बिन्ती स्विकार।
बिपत्तिमा पर्‍यौं जनता, दया अहिले गर
नेपाल सरकार हाम्रो पनि प्राण बँचाऊ
भोकै मर्ने बेला भयो, राहत पठाऊ !!! 

सुत्केरीको पुकार यो ,दु:खी रोगी आदिको
कुना गाउँ सम्झेर ,देख कथा व्यथा आदिको।।
राज्यकोषको सम्पत्ति त्यो,जनताकै तिरो हो
यतिबेला प्रदानगर अन्दान बुझ सरकार हो।

        - हाल : क्यानडा