कल-झगडाः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

July 29, 2022

कल-झगडाः बालकविता

कल-झगडा (बालकविता)  

  •  रमेशचन्द्र घिमिरे

एक्कै छिन् त सुन्दा पनि भएँ झसङ्ग

मेरा बाले कल गरेछन् तिम्रा बासँग

 

हाम्रो बिचमा त्यस्तो कैल्यै हुन्न लफडा

बाहरूको किन हुन्छ कल-झगडा

नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग

के दुश्मनी रै´छ र हो तिम्रा बासँग ?

 

कसले कुन्नि कैले कहाँ के बिगार् गरे ?

सधैं मिल्ने मान्छे आज किन त्यसै लरे ?

आफ्नो भने मन त्यसै  भयो भरङ्ग

मेरा बाले निहुँ खोजे रे तिम्रा बासँग

 

सँगै हाँस्दैगफ गर्दै हिँडिरा´छन् ऐले

सुन्दै छु म चिया पिउन पसल गा´छन् ऐले

कैले लर्ने कैले मिल्ने परे म दङ्ग

मेरा बालाई सँगै देखेँ तिम्रा बासँग

 

बाहरूको कुरा के हो उत्तर खोजियो

कल् झगडा होइन अरे भन्ने बुझियो

रमाएँ ममक्ख परेँभएँ फुरुङ्ग

मोबाइलमा पो `कल´ गरेछन् तिम्रा बासँग ।

 

       ° भोर्लेटार, लमजुङ 

                              २०७६/०४/१

1 comment: