किलिक् हानेर - रचना चौतारी

Breaking

Powered By Blogger

April 14, 2020

किलिक् हानेर

किलिक् हानेर     (बालकविता)

        - रमेशचन्द्र घिमिरे

कसो गर्दा अनुहार आउँछ काँ´नेर ?
यौटा फोटो लिने हो किलिक् हानेर


जानेका छौँ हाम्ले नि अौँला थिच्नलाई
हाम्लाई मन हुन्न र फोटो खिच्नलाई
जुम गरेर हेरिन्छ अौँला तानेर
देखाइन्छ रमिता किलिक् हानेर

मोबाइल सम्झी चप्पलले सेल्फी खिचिन्छ
चप्पलको तुनाको टुन्को थिचिन्छ
बाले मोबाइल ल्याइदिए´नि हुन्थ्यो जानेर
साँच्चै फोट‍ो खिचिन्थ्यो किलिक् हानेर
  - मध्यनेपाल न.पा.-६, भोर्लेटार लमजुङ

No comments:

Post a Comment