बालकविता : आमाको माया - रचना चौतारी

Breaking

Powered By Blogger

April 23, 2020

बालकविता : आमाको माया

आमाको माया         
रमेशचन्द्र घिमिरे 
    

क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन्
हात समाई बिस्तारै ताते-ताते गराउँछिन्
मलाई मेरी आमाले अघि-अघि बढाउँछिन्

       ममताकी खानीको सधैँ पाउ पर्छु म
       मेरी आमा तिमीलाई माया गर्छु म !


तारा बाजी भनेर गीत गाउन सिकाउँछिन्
फुकाएर पुस्तक क ख ग घ पढाउँछिन्
मलाई गुरु आमाले अघि-अघि बढाउँछिन्
      अक्षरका बीउ यी पानाभरि छर्छु म
      गुरु आमा तिमीलाई माया गर्छु म !

नेपाली हुँ भनेर गर्व गर्न सिकाउँछिन्
मेचीदेखि कालीको छातीभित्र अटाउँछिन्
मलाई नेपाल आमाले अघि-अघि बढाउँछिन्
      चोट लागे कुनै दिन तिम्रो दुःख हर्छु म 
      नेपाल आमा तिमीलाई माया गर्छु म !
  --------------
   - भोर्लेटार, लमजुङ 
          (२०७७/०१/१२)

1 comment: