जनार्दन दाहालको बालगीत - रचना चौतारी

Breaking

Powered By Blogger

April 23, 2020

जनार्दन दाहालको बालगीत

बालगीत  
जनार्दन दाहाल



रुँदै-रुँदै सान्नानीले  चित्त दुखाइन्
आँखाबाट झर्ने आँसु सबै सुकाइन् ।


शिक्षक  र शिक्षिकाले  गृहकार्य दिने
मेरा माता पिता साउँ अक्षरमात्र चिन्ने
यस्ता धेरै समस्याका गाँठो  फुकाइन्
रुँदै-रुँदै सान्नानीले  चित्त  दुखाइन् ।

कहिले माता पिता गर्नु हुन्छ झगडा
बाबाभन्दा हुनुहुन्छ है आमा झन् कडा
यस्ता धेरै पिर व्यथा सबै लुकाइन्
रुँदै-रुँदै सान्नानीले  चित्त  दुखाइन् ।

पढ्ने लेख्ने बेला हो यो पढ्नु पर्छ साथी
चन्द्रमा  र सूर्यभन्दा  पुग्नु  पर्छ  माथि
यस्तो आफ्नो उद्देश्यको कुरो फुकाइन्
रुँदै-रुँदै सान्नानीले  चित्त  दुखाइन् ।

          शुक्लागण्डकी, तनहुँ

No comments:

Post a Comment