इन्द्रेणी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 20, 2020

इन्द्रेणी (बालकविता)

           

आजै घाम लागेको आजै पानी परेको
स्वर्गबाट इन्द्रेणी धर्ती हेर्न झरेको !


"निधारमा रङ्ग्याउन सप्तरङ्गी टिकी
तिहारमा लगाइदेऊ न त्यसैबाट झिकी" 
यसो भन्दै दिदीसँग मैले कुरा गरेको 
जति बेला इन्द्रेणी धर्ती हेर्न झरेको !

तिम्रो रङ्गीन रूप देख्दा मनै खुसी हुन्छ
तिमीलाई नझुराउने यो संसारमा कुन छ ?
कहाँबाट कसले होला यति रङ्ग छरेको
के देखेर इन्द्रेणी धर्ती हेर्न झरेको !

वारि पारि फैलिएर रङ्ग जिउमा छरी
के हेर्दैछौ ढाड बङ्ग्याई छक्क परी परी
आफ्नै पुलको बाटोबाट आफै खोला तरेको
किन होला इन्द्रेणी धर्ती हेर्न झरेको  !

      - भोर्लेटार, लमजुङ ।

No comments:

Post a Comment