दाइँ (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 21, 2020

दाइँ (बालकविता)

- रमेशचन्द्र घिमिरे
                           दाइँ 

भोलि दाइँ हाल्ने हो गैह्री खेतैमा
मनका कुरा गरौँला त्यहीँ  भेटैमा

मियो गाडिसकेपछि माटो खाँद्ने हो 
माल्दाम्लोमा पालैपालो गोरु बाँध्ने हो

भोक लागे सिरम्ला र खट्टे चपाउँला
`दाइँ बरादो´ भनेर गोरु धपाउँला

धान झाँट्नुभन्दा पैले फोरौँ कुनियो
सानिमाले खाजा चिया ल्याए हुनी हो

धान झाँटेको पराललाई राखौँ खलामा
भरे धान पुर्‍याउने हो सिरान तलामा ।

         - भोर्लेटार, लमजुङ
                      २०६५/०७/२५

No comments:

Post a Comment