फूल फुलेको बालकविता

फूल फुलेको            


  • रमेशचन्द्र घिमिरे


कति राम्रो रातो छ, सिम्रिकको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
बास्ना आउँदा हरर्र मनै भुलेको
फूलबारीमा रातो रातो फूल फुलेको


सुकिलो र सेतो छ, बादलुको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
बगैँचामा पुतली हेर डुलेको
फूलबारीमा सेतो सेतो फूल फुलेको

उज्यालो र नीलो छ, आकाशको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
हेर आकाश झर्लक्क कस्तो खुलेको 
फूलबारीमा नीलो नीलो फूल फुलेको 

अाहा कस्तो पहेँलो, झुल्केघामको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
धानको बाला झुलेझैँ लाग्छ झुलेको
फूलबारीमा पहेँलो फूल फुलेको

घामपानीमा देखिने इन्द्रेनीको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
एकै ठाउँमा सातवटै रङ्ग घुलेको 
फूलबारीमा रङ्गीचङ्गी फूल फुलेको ।
                 -----भोर्लेटार, लमजुङ्ग
https://youtu.be/Yt8nHN56KpU

Post a Comment

0 Comments