अध्यापनमा प्रयोग गरिने पाठ्येतर सामग्री - रचना चौतारी

Breaking

Powered By Blogger

May 25, 2020

अध्यापनमा प्रयोग गरिने पाठ्येतर सामग्री

रमेश लामिछाने

अध्यापनमा प्रयोग गरिने पाठ्येतर सामग्री  


शैक्षणिक उद्देश्य प्राप्तिमा सहायक हुने निर्दिष्ट पाठबाहेकका सामग्रीहरू पाठ्येतर सन्दर्भ सामग्री हुन् । यस्ता सामग्रीहरूले सम्बन्धित पाठको आशयलाई नै थप प्रस्ट पार्ने कार्यमा सहयोग गर्दछन् ।
अन्य विषयमा जस्तै नेपाली भाषा अध्यापनका सिलसिलामा पनि पाठ्येतर सन्दर्भ सामग्रीहरूको प्रयोग गर्न सकिन्छ । नेपाली भाषा शिक्षणमा यस्ता सामग्रीको प्रयोगले सिकारुहरूलाई पर्याप्त अभ्यासको अवसर एवम् सहज वातावरण उपलब्ध गराउने हुँदा नेपाली भाषाका विद्यार्थी तथा शिक्षक अतिरिक्त रूपमा लाभान्वित हुन्छन् । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषिक सिपहरू हुन् । भाषा शिक्षण यिनै सिपहरूको शिक्षण हो ।
उल्लेखित सिपहरूमा सक्षम बनाउँदै विद्यार्थीहरूमा भाषिक बोध र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्नु नेपाली भाषा शिक्षणको मूल अभिप्राय हो । नेपाली भाषाका सिकारुहरूमा शुद्ध वर्णविन्यास, व्याकरणिक सुझबुझ तथा मानक भाषाशैलीको आदत बसाल्न साथै शिक्षणलाई रोचक तथा प्रभावकारी बनाउन प्रचलित पाठ्यपुस्तकका अतिरिक्त पाठ्येतर सामग्रीका विषयवस्तुहरूलाई साधनका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सन्दर्भ सामग्रीका स्रोतहरू  :

१. पुस्तकालय
२. नेट–इन्टरनेट
३. नेपाली भाषाका वक्ताहरू
४. साहित्यिक कृति तथा कृतिकारहरू
५. पाठ्यक्रम विकास केन्द्र

सन्दर्भ सामग्री प्रयोगका चरणहरू  :

१. सामग्रीको छनोट
२. योजना निर्माण
३. प्रस्तुति
४. भाषिक सिपसँग समायोजन
५. उपलब्धि मूल्याङ्कन

सन्दर्भ सामग्री प्रयोगका विधिहरू  :

१. प्रदर्शन तथा छलफल विधिः— साहित्य/साहित्येतर मुद्रित
सामग्री
— श्रव्य–दृश्य सामग्री
— स्वनिर्मित लेखरचना
२. समस्या समाधान विधि  : त्रुटिपूर्ण भाषिक सामग्रीहरूको
विश्लेषण र शुद्धीकरण
३. पुस्तकालय प्रयोग विधि  : स्वअध्ययन र खोज
४. अतिरिक्त कार्यकलाप विधि  : रचना लेखन
— शब्द÷वाक्य निर्माण
— वादविवाद तथा वक्तृत्ता सञ्चालन
— अभिनय तथा नाटक मञ्चन आदि ।

नेपाली विषय शिक्षक, श्री कल्याण मा.वि.,म.ने.न.पा.–९, लमजुङ

Courtesy : Tareli Barshik Patrika 2075


No comments:

Post a Comment