दैवको खेल छन्द (झ्याउरे कविता) - हरिप्रसाद फुयाल
हुँदैन हाम्रो स्वतन्त्र कैल्यै जिन्दगी भरिमास्वतन्त्र खोजी हिँड्दछौँ तर अज्ञान वशमा ।। १
बालक जीवन आनन्द थियो खुसीले बितायौँ
दैवको खेल यस्तो नै रै’छ त्यो पनि गुमायौँ ।। २
जवानी भई उन्मत्त बन्दै वास्तव भुलेर ।
सत्कर्म छोडी दुष्कर्म ग¥यौँ अज्ञान भरेर ।। ३
जवानी छोड्ने विचार आफ्नो पटक्कै थिएन ।
परेछन् गाला चाउरी आफैं यो थाहै भएन ।। ४
स–साना नानी छेउमा आई बुढा बा भन्दछन् ।
अचम्म पर्छु जीवनदेखि उदास हुन्छ मन ।। ५
दूषित मैलो मनमा हाम्रो जे जति पलायो ।
हटाऊँ आजै मिलेर सबै जिन्दगी हरायो ।।६
पुग्दैन इच्छा कहिल्यै हाम्रो जिन्दगीभरिमा ।
दैवको खेल गर्दैन झेल विभेद कसैमा ।।७
आमाको देन आमाको प्रेम नभुलौं कहिले ।
दैव हुन् आमा भर्दिन्छिन् प्राण मायाका वशले ।।८
आमा र बाबु यो धरतिमा पहिला देव हुन् ।
भाग्यको ढोका खुलाइदिने ती आमा बाबु हुन् ।।९
No comments:
Post a Comment